धनगढी । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाशकुमार चन्द दोहोरिएका छन् । बुधबार धनगढीमा सम्पन्न महासघंको दोस्रो अधिवेशनबाट चन्द सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
चन्दको अध्यक्षतामा ३८ सदस्यीय महासघंको प्रदेश कमिटी चयन गरिएको हो । महासघंको उपाध्यक्षमा हिक्मत रावल र प्रकाश बिक चयन भएका छन् । यस्तै सचिवमा कोपिला सिहं, उपसचिवमा घनश्याम डाँगी र अमित रोकाया तथा कोषाध्यक्षमा दुर्गा शर्मा भण्डारी चयन भएका छन् ।
महासघंको प्रदेश सदस्यहरुमा यज्ञराज बिनाडी, उपेन्द्र शाही, कृष्णा सिराडी, योगेन्द्रबहादुर साउँद, लोकेन्द्रबहादुर साउँद, कृष्णाकुमारी बिष्ट, तिलककुमार मौनी, हेमकृष्ण रञ्जितकार, गणेशबहादुर कुँवर, टेकबहादुर थापा, मिनाकुमारी जोशी, भरत महत, बिष्णु थापा, राकेश थापा, राजबहादुर कार्की, लक्ष्मी चन्द, नमराज धामी, दिपेन्द्र भण्डारी, हर्कबहादुर दौल्याल, सन्तोष खड्का, आशिस रोकाया, सुवास चन्द, योगेश जोशी, बिरेन्द्र बिष्ट, तपेन्द्र खड्का, नरेश सिहं, हेमन्त मिश्र, महेश बिष्ट, कृष्ण ओली, अशोककुमार बोहरा र जेनिशा ओझा चयन भएका छन् ।
प्रतिक्रिया