ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम बन्यो राष्ट्रपति रनिङ शिल्डमा दोस्रो, भलिबलमा ऐतिहासिक स्वर्ण

शनिबार ३१, जेठ २०८२ ११:५९

धनगढी । बागमती प्रदेश १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा टिम च्याम्पियन भएको छ । सुदूरपश्चिम प्रदेश दोस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शुक्रबार सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्डमा बागमती ३६ स्वर्ण पदकसहित च्याम्पियन भएको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको तीनदिने प्रतियोगिताको कुल ६६ स्वर्णमध्ये बागमतीले आधाभन्दा बढी आफ्नो पक्षमा पा¥यो । गत वर्षको च्याम्पियन सुदूरपश्चिम प्रदेश हो । तर, यसपल्ट भने सुदूरपश्चिम दोस्रो स्थानमै सीमित भयो । 

सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो । यस प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । यु–१८ वर्षमुनि उमेरसमूहका विद्यार्थीले प्रतिस्पर्धा गर्ने रनिङ शिल्डमा उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल छ खेलमा प्रतिस्पर्धा भएको थियो ।

यी खेलमध्ये कराते, उसु र एथलेटिक्समा साथ पाउँदा लुम्बिनी प्रदेश तेस्रो भयो। । लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कांस्य प्राप्त ग¥यो । गण्डकी र कर्णालीले समान चार स्वर्ण पदक प्राप्त गरे। गण्डकीले ११ रजत र १७ कांस्य तथा कर्णालीले ६ रजत र १९ कांस्य पदक जिते । मधेसले भने तीन स्वर्ण, दुई रजत र १० कांस्य जित्यो । कोसी प्रदेश भने स्वर्ण पदकविहीन बन्यो । कोसीले समान सात रजत र आठ कांस्य पदक जित्यो । 

भलिबलमा सुदूरपश्चिमलाई ऐतिहासिक स्वर्ण
भलिबलमा सुदूरपश्चिम ऐतिहासिक स्वर्ण जित्न सफल भयो । छात्रातर्फ सुदूरपश्चिमले स्वर्ण, लुम्बिनीले रजत र गण्डकीले कांस्य पदक जितेका हुन् ।

सुदूरपश्चिम खेलकुद परिषद्का पूर्वसदस्य सचिव दीपकबहादुर सिंहका अनुसार सुदूरपश्चिम प्रदेशले पहिलोपटक भलिबलमा स्वर्ण जितेको हो । भलिबलको छात्रमा भने गण्डकीले स्वर्ण, लुम्बिनीले रजत र सुदूरपश्चिमले कांस्य पदक जित्यो । 
 

प्रतिक्रिया