धनगढी । कैलालीको धनगढीमा साइकल र्याली निकालिएको छ । सफा, हरियो, उज्यालो र सुरक्षीत धनगढीका लागि साइकल र्याली निकालिएको हो ।
धनगढी उपमहानरपालिका तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीअन्तर्गतको ग्रीन ट्रान्जिसन पोर्टिफोलियोले साइकल र्याली आयोजना गरेको हो ।
धनगढीको ट्राफिक चौराहबाट सुरु भएको साइकल र्याली गुरहीचोक हुँदै जेनजी मार्गमा पुगेर समापन भएको थियो ।
साइकल र्यालीमा पूर्वप्रदेश मन्त्री एवं प्रदेशसभा सदस्य रमेशसिंह धामी, धनगढी उपमहानरपालिकाका प्रमुख गोपाल हमाल, प्राध्यापक, शिक्षक, कर्मचारी बालबालिका र सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो ।




प्रतिक्रिया